गृहपृष्ठ ओली प्रधानमन्त्री हुँदै नेपाली सेनाले पठाएको थियो एसपीपीलाई यस्ताे पत्र

ओली प्रधानमन्त्री हुँदै नेपाली सेनाले पठाएको थियो एसपीपीलाई यस्ताे पत्र

ओली प्रधानमन्त्री हुँदै नेपाली सेनाले पठाएको थियो एसपीपीलाई यस्ताे पत्र

अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले सन् २०१५ को अक्टोबर २७ (२०७२ साल कात्तिक १० गते)मा पत्र पठाएको पुष्टि भएकाे छ । केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि अमेरिकालाई पत्र पठाइएकाे खुलेको हाे ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा चाँडै एसपीपीको सदस्य बन्न लागेकामा खुसी व्यक्त गरिएको छ । पत्रमा तत्कालीन अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई सम्बाेधन गरिएकाे छ । याेसँगै एसपीपीका विषयमा नेपाली सेनाले बुधबार जारी गरेको ध्यानाकर्षण पत्र पनि गलत सावित भएको छ । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो ।

प्रतिनिधिसभा बैठकमा एसपीपीका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रश्न उठाएपछि सांसदहरूबीच आरोप-प्रत्यारोप चलेको थियो ।

नेपाली सेनाले एसपीपीलाई पठाएकाे पत्र :

नेपाली सेनाले बुधबार जारी गरेकाे ध्यानाकर्षण पत्र :

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु