गृहपृष्ठ थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टिजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन् । नेपालमा हालसम्म काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु