गृहपृष्ठ इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकियो
इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकआपसमा गाभिने निर्णय गरेका छन् । एकआपसमा गाभिने निर्णय भएकाले तत्कालका लागि सेयर कारोबार रोक्का भएको हो ।
मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलले यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकआपसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिए ।
सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकआपसमा गाभिएपछि सबैभन्दा ठुलो बैंक बन्ने छ । एकआपसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।
आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड हुने छ ।
प्रकाशित समय : २०:४६ बजे