गृहपृष्ठ काठमाडाैंकाे फोहोर उठाउन बञ्चरेडाँडाबासीसँग मध्यरातमा १८ बुँदे सहमति, ढुवानी रातिमात्र

काठमाडाैंकाे फोहोर उठाउन बञ्चरेडाँडाबासीसँग मध्यरातमा १८ बुँदे सहमति, ढुवानी रातिमात्र

काठमाडाैंकाे फोहोर उठाउन बञ्चरेडाँडाबासीसँग मध्यरातमा १८ बुँदे सहमति, ढुवानी रातिमात्र

काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।

सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि  प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ ।

सहमतिमा प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु