काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायणगढ-मुग्लिन सडकखण्ड पुन: सञ्चालनमा

5.5K
shares

पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।

इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  बुधबार राति ११:१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२:०५ बजेबाट सञ्चालनमा आएको हो । यस्तै नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११:५० बजे पन्छाइएको हो ।

रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।