nmb bank

गृहपृष्ठ माओवादीको पहिचान संकट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

माओवादीको पहिचान संकट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

माओवादीको पहिचान संकट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । 

उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे । 

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको प्रचण्ड बताउँछन् । 

तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए ।  

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौँ । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौँ । तर, हिजो हामी जनयुद्धमा थियौँ । क्रान्तिकारी जनआन्दोनलमा थियौँ । त्याग र वलिदानको कीर्तिमान गर्थ्यौँ । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौँ । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौँ र गर्थ्यौँ र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए । 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु