गृहपृष्ठ निर्वाचनलाई केन्द्रमा राखेर मात्रै बजेट ल्याइयो : राजेन्द्र लिङ्देन

निर्वाचनलाई केन्द्रमा राखेर मात्रै बजेट ल्याइयो : राजेन्द्र लिङ्देन

निर्वाचनलाई केन्द्रमा राखेर मात्रै बजेट ल्याइयो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए । 

आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालनमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए । 

अध्यक्ष लिङ्देनले अहिलेको बजेट नितान्त आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको टिप्पणी गरे । 

‘अहिलेको बजेटले आमनागरिकको जीवनमा परिवर्तन गर्न सक्दैन । आर्थिक संकट रोक्नेदेखि अन्य कुरामा केन्द्रित छैन,’ उनले भने,‘चुनावको खर्च जुटाउनका लागि मात्रै ल्याइएको छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’ 

ठुलो आकारको बजेट वितरणमुखी बजेट ल्याएर पनि त्यसको स्रोत र आधार के हो भन्ने कुरा बजेटमा प्रष्ट नभएको उनको भनाइ छ । ‘एक घन्टामा चितवन पुग्ने भनिएको छ । त्यसको स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने कुनै उल्लेख छैन,’ उनले भने । 

बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश फलायन रोक्ने र युवालाई लागुऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताए । 

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु