global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । 

बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए । 

सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताए ।

स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए । सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । 

प्रकाशित समय : ००:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु