पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा दिइने, मिर्गाैला प्रत्याराेपण नि:शुल्क
वि.सं.२०७९ जेठ १५ आइतवार २३:१६
shares

सरकारले ३०० स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेको छ । आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ३०० स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा दिने बताएका हुन् ।
त्यसैगरी, सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्न २० करोड रूपैयाँ विनियोजन गरेको छ ।
विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी गराए ।

























