यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरु)
वि.सं.२०७९ जेठ १५ आइतवार १६:२३
shares

१५औँ गणतन्त्र दिवस आज हर्षोल्लासका साथ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भइन् ।
समारोहमा राष्ट्रपति भण्डारीसहित, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । नेपालमा २०६५ साल जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।
पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्षजस्तै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ ।
तस्बिरहरू :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

























