काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रियल मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

7.97K
shares

स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।

रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा फेडरिक भाल्भर्डेको पासमा गोल गरेका थिए । रियलका गोलकिपर थिबाउट कोर्तुवाले उत्कृष्ट बचाउ गर्दा लिभरपुलको आक्रमण निराश बनेको थियो ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए । लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन ।

रियलले पछिल्लो पटक २०१८ मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।