गृहपृष्ठ आगामी आर्थिक वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

आगामी आर्थिक वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

आगामी आर्थिक वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।

बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेष्ठ १५ गते आईतबार अपरान्ह ६ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ,’ सभामुख सापकोटाले भने ।

प्रकाशित समय : ०४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु