global ime bank Long Banner Ad

गृहपृष्ठ थप १५ जना काेराेनामुक्त, कति छन् सक्रिय संक्रमित ?

थप १५ जना काेराेनामुक्त, कति छन् सक्रिय संक्रमित ?

थप १५ जना काेराेनामुक्त, कति छन् सक्रिय संक्रमित ?

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साे अवधिमा एक हजार ९६९ वटा स्वाबकाे नमूना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना संक्रमित काेराेनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु