गृहपृष्ठ शाहरुख खानका छोराले पाए सफाइ

शाहरुख खानका छोराले पाए सफाइ

शाहरुख खानका छोराले पाए सफाइ

लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागु औषध नियन्त्रण विभागले सफाइ दिएको छ । 

गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागु औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि, आर्यनबाट विभागले लागु औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जनाबाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । 

सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो । 

यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई  आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।

प्रकाशित समय : ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु