nmb bank

गृहपृष्ठ ओलीले प्रधानमन्त्रीलाई सोधे– नेपाल ‘एक चीन नीति’मा छ कि छैन ?

ओलीले प्रधानमन्त्रीलाई सोधे– नेपाल ‘एक चीन नीति’मा छ कि छैन ?

ओलीले प्रधानमन्त्रीलाई सोधे– नेपाल ‘एक चीन नीति’मा छ कि छैन ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । 

संसद् बैठकमा आज सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका थिए । छिमेकी राष्ट्रहरुको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनको आरोप छ । 

‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमाति दियो ? किन अनुमति दियो ? छिमेकी सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?,’ ओलीले प्रश्न गरे । 

उनले सरकारले मुलुकको छिमेकी सम्बन्धमा समेत पक्षधरता लिएर परराष्ट्र नीतिमा गम्भीर खेलबाड गरेको आरोप लगाए । 

हालै नेपाल भ्रमणमा आएकी अमेरिकाको तिब्बत मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जियाले काठमाडौँस्थित तिब्बती शरणार्थीका तीनवटा शिविर भ्रमण गरेको सार्वजनिक भएको थियो । 

चीनले पृथकतावादी भन्दै आएका दलाई लामालाई भारतको धर्मशालामा भेटेको भोलिपल्ट नेपाल आएकी जियाले अधिकांश समय यहाँका तिब्बती शरणार्थीसँगको भेटवार्तामा बिताएकी थिइन् । 

ओलीले अमेरिकी उपमन्त्रीको भ्रमणका क्रममा तिब्बती शरणार्थीसँगको भेटको विषयमा पनि सरकारको प्रष्ट जबाफ दिनुपर्ने बताए । 

‘के अहिले नेपालको एक चीन छ ? सत्ता गठबन्धनलाई यसको हेक्का छ कि छैन ? एकातिर एक चीन नीतिमा छौँ भन्ने अर्कोतिर विदेशी आएर गुम्बा चाहर्ने ? कुन विदेशीलाई कुन हदसम्म कहाँ जान दिने र नदिने भन्ने कुरा सरकारले ख्याल गर्ने कुरा होइन ?,’ ओलीले प्रश्न गरे । 

सरकारसँग राष्ट्रियता, अखण्डता र स्वाधीनताको संरक्षण गर्ने आँट नरहेको ओलीले बताए । वैदेशिक मामलामा सरकारले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्न नसकेको उनको आरोप थियो । 

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु