nmb bank

गृहपृष्ठ नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन

नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन

नेपाल बैंकको एकैदिन चारवटा शाखा उद्घाटन

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

बैंकले टोखा नगरपालकिा-६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नगरपालिका-१ स्थित रानीवन चोकमा, काठमाडौं महानगरपालिका-१३ को रिङरोड सितापाइला चोकमा र काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।

नेपाल बैंक लिमिटेडकाे देशभर २१७ शाखा, १७९ एटीएम मेसिनका साथै ४८ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु