global ime bank Long Banner Ad

गृहपृष्ठ राइड हेलिङ सेवा इन-ड्राइभरको सेवा काठमाडौंमा सुरू

राइड हेलिङ सेवा इन-ड्राइभरको सेवा काठमाडौंमा सुरू

राइड हेलिङ सेवा इन-ड्राइभरको सेवा काठमाडौंमा सुरू

अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इन-ड्राइभरले काठमाडौंमा औपचारिक रूपमा सेवा सुरू गरेको छ । अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरूभन्दा फरक इन-ड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रूपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा दिनेछ ।

यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको इटिए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । त्यस्तै चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दुरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इन-ड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् । 'इन-ड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल यो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै अन्य सहरहरूमा पुग्नेछ,' इन-ड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन् ।

सेवा सञ्चालनको सुरूवाती ६ महिनामा इन-ड्राइभरले चालकसँग कुनै कमिसन नलिने समेत उनले बताइन् । यसको मतलब उनीहरूले प्रत्येक राइडको सम्पूर्ण शुल्क करबाहेक आफैंले प्रयोग गर्न पाउनेछन् । त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइड हेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रूपले कम हुनेछ । व्यवस्थाका नन्दाका अनुसार इन-ड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरूलाई साइन अप गरिसकेको छ ।

राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रवेश गर्नुपर्नेछ । प्रविधिमा रजिस्टर भएका चालकहरूले तुरून्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्वीकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।

इन-ड्राइभर एउटा ग्लोबल आइटी तथा यातायात प्लेटफर्म हो । विश्वमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवाका रूपमा चिनिन्छ । यसका सेवाहरू विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ । इन-ड्राइभरले अन्तर-सहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन सहरमा डेलिभरी लगायतका अन्य सेवा पनि प्रदान गर्दैछ ।

इन-ड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा छ । यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरूमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसका साथै एक हजार सय जनालाई रोजगारी दिएको छ ।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु