global ime bank Long Banner Ad

गृहपृष्ठ मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । 

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए । 

प्रकाशित समय : २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु