nmb bank

गृहपृष्ठ संसद्‍मा सार्वजनिक महत्त्वको प्रस्ताव पेश

संसद्‍मा सार्वजनिक महत्त्वको प्रस्ताव पेश

संसद्‍मा सार्वजनिक महत्त्वको प्रस्ताव पेश

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

यसको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई छन् । समर्थकमा एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन छन् । भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाए ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ ।

सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उल्लेख छ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु