nmb bank

गृहपृष्ठ नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम प्यूठानबाट सुरु

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम प्यूठानबाट सुरु

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम प्यूठानबाट सुरु

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।

सरल र मर्मस्पर्सी साे सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीले जनाएको छ । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार बिमाको जनचेतना बढाउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको हाे ।

प्रकाशित समय : ०२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु