global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा बालेनको ३८ हजार, स्थापित र सिंहको २१-२१ हजार

काठमाडौंमा बालेनको ३८ हजार, स्थापित र सिंहको २१-२१ हजार

काठमाडौंमा बालेनको ३८ हजार, स्थापित र सिंहको २१-२१ हजार

काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।

काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।

मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । आइतबार बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् ।

त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् । सिर्जना सिंहले केशव स्थापितलाई २ सय ९१ को मतान्तरले पछि पारेकी छन् ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु