काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राप्रपा अध्यक्ष लिङ्देनले बचाए गृहपालिका, आफ्नै भाइ विजयी

12.47K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिकामा राप्रपाले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी भएका लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदमा विजयी भएका थिए । लिङ्दन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

लिङ्देनका निकटतम प्रतिष्पर्धी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । यहाँ कांग्रेस तेस्रो स्थानमा छ । उपाध्यक्षमा पनि राप्रपा नै विजयी भएको छ । पार्टी उम्मेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।

यो जितसंगै राप्रपाले दुई वटा स्थानीय तहको नेतृत्व जितेको छ । यसअघि काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार रमेश नापित निर्वाचित भएका छन् । शंखरापुरका तीनवटा वडाको अध्यक्ष पनि राप्रपा उम्मेदवार निर्वाचित भएका छन् ।