गृहपृष्ठ संसद अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

संसद अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

संसद अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै छ । यो बजेट अधिवेशन हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको ११औं र राष्ट्रियसभाको १२औं अधिवेशन अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संसद् सचिवालयले आजका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेलगायत सम्भावित कार्यक्रम छ ।

यस्तै, राष्ट्रियसभाको बैठकको सुरुवातमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् । त्यसपछि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन, कार्यभार तोकिएको र राष्ट्रियसभामा सदस्य मनोनयनसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेलगायत सम्भावित कार्यक्रम रहेकाे सूचनामा जनाइएकाे छ ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु