गृहपृष्ठ गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य

गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य

गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य

नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले  शून्य मत पाएका छन् । 

मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार  तारानाथ श्रीपालीले एक मत मात्रै पाए ।

त्यस्तै,  मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष उठेका झ्याम्याङ टासी गुरुङले १ मत मात्रै पाएका छन् ।

अर्को अनौठो नतिजा के छ भने मनाङ र मुस्ताङका अधिकांश पालिकामा दलित महिला सदस्य निल छ । नार्पाभूमीको १ मा महिला र दलित महिला सदस्य नै छैनन् । २ देखि ५ सम्म दलित महिला सदस्य छैनन् ।

मनाङ ङिस्याङको १, २ र ८ मा दलित महिला सदस्य छैनन् । नासों गाउँपालिकाको २, ३ र ६ मा दलित महिला सदस्य छैनन् । यहाँका अधिकांश वडाहरूमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मुस्ताङको लोमान्थाङमा ५ ओटै वडामा दलित महिला सदस्य निल छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा दलित महिला सदस्य निल छन् । बाँकीमा मतगणना चलिरहेको छ ।

प्रकाशित समय : २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु