nmb bank

गृहपृष्ठ युगान्डाद्वारा नेपाललाई  १०३ रनको लक्ष्य 

युगान्डाद्वारा नेपाललाई  १०३ रनको लक्ष्य 

युगान्डाद्वारा नेपाललाई  १०३ रनको लक्ष्य 

घरेलु मैदानमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय टी–२० महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । 

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी, केभिन अविनोले १५ रन बनाइन भने फ्रान्कलिन नाजुम्बाले १२, रिता एनयागेन्गोले १८ तथा रिता मुसामालीले १३ जोडिन् । 

बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबीना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक /एक विकेट लिइन् । नेपाल केही समयपछि जबाफी ब्याटिङमा उत्रनेछ ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु