nmb bank

गृहपृष्ठ खाँदबारी नगरपालिकाको प्रमुखमा थपलिया विजयी

खाँदबारी नगरपालिकाको प्रमुखमा थपलिया विजयी

खाँदबारी नगरपालिकाको प्रमुखमा थपलिया विजयी

सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । 

उनले ८ हजार ३४ मत ल्याएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए । 

उपप्रमखमा नेकपा (एमाले)की महेश्वरा बज्राचार्य विजयी भइन् । उनले ६ हजार ३८५ मत प्राप्त गरेकामा निकटम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट  नेकपा (माओवादी केन्द्र)का दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे । 

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ । 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु