nmb bank

गृहपृष्ठ प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न   

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न   

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न   

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । 

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आज नै परराष्ट्रमन्त्री डा.नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । 

मोदी भारतीय वायु सेनाको हेलिकोप्टरमा आज बिहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु