global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबार विद्यालयमा बिदा नदिन आग्रह

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।  नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले शनिबार विज्ञप्ति जारी आफूहरुसँग परामर्श नगरी एकपक्षीय रुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गरेका हुन् ।

विभिन्न बन्द हडताल र कोभिड-१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न विज्ञप्तिमा आग्रह गरिएकाे छ । शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न नेशनल प्याब्सनले माग गरेकाे हाे ।

सरकारले आउँदो जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ ।

प्रकाशित समय : ०२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु