गृहपृष्ठ असार पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै
असार पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै
आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ। ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते काठमाडौंमा हुनेछ ।
यस कार्यक्रममा नेपालको सफ्टवेयर क्षेत्रको कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसन समेतको सहभागीता रहनेछ । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० जना र अन्य ७ सय जनाभन्दा बढीको सहभागीता रहने छ ।
डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढि महत्वपुर्ण सेसनहरु रहेका छन् । कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ ।
नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहने बताइएको छ ।
यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्दर्भिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए ।
कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने बिद्यार्थीका डिजिटल नेपाल सम्बन्धि क्रिएशनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।
सरकारी तथा निजि क्षेत्रका लागि महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भइरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित समय : १६:१५ बजे


















