global ime bank Long Banner Ad

गृहपृष्ठ जेठदेखि सेयर बजार शुक्रबार पनि खुला

जेठदेखि सेयर बजार शुक्रबार पनि खुला

जेठदेखि सेयर बजार शुक्रबार पनि खुला

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि सेयर बजार सातामा पाँच दिन नै खुल्ने भएको छ । आइतबार बिदा हुने भएपछि शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए । ४ दिन मात्रै सेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए ।

योभन्दा अघि शुक्रबार र शनिबार बन्द हुनेमा अब शनिबार र आइतबार हुनेछ ।

प्रकाशित समय : २३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु