global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही

सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही

सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । त्यस्ता अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्न उम्मेदवार तथा राजनीतिक दलहरुलाई चेतावनी दिएको हाे ।

त्यस्ता कार्य नराेकिए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने आयोगले बताएको छ । आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ । जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा/गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी/नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी/नबुझी सम्प्रेषित गरिएको भ्रामक सूचनालाई मिथ्या सूचना भनिन्छ ।

प्रकाशित समय : ००:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु