nmb bank

गृहपृष्ठ चुनावबाट एमाले तीनै तहका सरकारमा फर्किन्छ : ओली

चुनावबाट एमाले तीनै तहका सरकारमा फर्किन्छ : ओली

चुनावबाट एमाले तीनै तहका सरकारमा फर्किन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट एमाले तीनै तहको सरकारमा फर्किने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र त्यसलगत्तै हुने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनःस्थापित हुने ओलीको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले पुनः सरकारमा आएर राष्ट्रको अभिभारा पुरा गर्ने बताए । संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी ओलीको छ ।

‘नेकपा एमालेलाई अलोकतान्त्रिक तरिकाले सरकारबाट हटाइयो । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनःस्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्नेछौं,’ ओलीले भनेका छन् ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु