काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एमालेले प्रत्येक मतदानस्थलमा २०० स्वयंसेवक खटाउने

7.81K
shares

नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसंगठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासंघ, भूपू सैनिक, खेलकुद महासंघ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछ ।

एमाले अध्यक्ष ओलीले यसअघि नै आफ्नो पार्टीलाई हराउन जुनसुकै क्रियाकलाप पनि हुन सक्ने भन्दै कार्यकर्तालाई सचेत हुन आह्वान गरेका थिए । ओलीले मत गणनामा समेत एमाले कार्यकर्ता परिचालन गर्ने जनाएका छन् ।