गृहपृष्ठ गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
गरिमा विकास बैंकले अन्नपूर्ण केबलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुरुप, यस विकास बैंकको मोबाइल बैकिङ तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केबलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् ।
अन्नपूर्ण केबलकार पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङकाेटसम्म हालसालै सञ्चालनमा आएको हो । गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५१ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।
प्रकाशित समय : ०३:२५ बजे


















