global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ थप १५ जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त

थप १५ जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त

थप १५ जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टिजेन परीक्षणमा शुन्य जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

साे अवधिमा काेराेनाका कारण कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्‍ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९८१ पुगेको छ । योसँगै हालसम्म नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : २३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु