nmb bank

गृहपृष्ठ खेलाडीहरूकाे प्रष्टाेक्ति- पटक-पटक ‘क्याम्प छोडेर जा’ भनेपछि हामी प्रशिक्षण छोड्न बाध्य भयौं

खेलाडीहरूकाे प्रष्टाेक्ति- पटक-पटक ‘क्याम्प छोडेर जा’ भनेपछि हामी प्रशिक्षण छोड्न बाध्य भयौं

खेलाडीहरूकाे प्रष्टाेक्ति- पटक-पटक ‘क्याम्प छोडेर जा’ भनेपछि हामी प्रशिक्षण छोड्न बाध्य भयौं

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकै कारण आफूहरु क्याम्प छाडेर हिँडेको खेलाडीहरुले बताएका छन् । बन्द प्रशिक्षणका क्रममा सामान्य गास बासबारे प्रश्न सोध्दा प्रशिक्षकले गरेको व्यवहार सहन नसकेर क्याम्प छाडेको उनीहरुले प्रष्ट पारेका छन् ।

'क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले सामान्य गास बासबारे प्रश्न सोध्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौं । राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो थिएन। त्यसमाथि क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ,' संयुक्त पत्रकार सम्मेलन गर्दै खेलाडीहरुले भने, 'यसबारे हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटक-पटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं । हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौं। समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं ।'

टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने प्रयास गरे पनि सार्वजनिक रुपमै झुटो आरोप लागेपछि सत्य तथ्य जानकारी दिन पत्रकार सम्मेलन गरेको आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्रशिक्षण छाडेका १० खेलाडी र खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र विकेश कुथु उपस्थित थिए ।

विज्ञप्ति :

प्रकाशित समय : २३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु