nmb bank

गृहपृष्ठ सीवाइसी नेपालको आइपीओको बाँडफाँट

सीवाइसी नेपालको आइपीओको बाँडफाँट

सीवाइसी नेपालको आइपीओको बाँडफाँट

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपीओमा कूल २२ लाख पाँच हजार ६३३ जनाले दुई करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।  आवेदन दिएकामध्ये तीन हजार २७२ आवेदन रद्द भएको र बाँकी २२ लाख दुई हजार ३६१ योग्य आवेदकमध्ये ३६ हजार ९४८ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ ।

त्यसमा बाँकी आठ कित्ता सेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप आठ जनालाई बाँडिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा निष्काशनको पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु