global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका-१, बगरस्थित बगर शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु