global ime bank Long Banner Ad

गृहपृष्ठ थप १७ जना काेराेनामुक्त, देशभर २५२ जना सक्रिय संक्रमित

थप १७ जना काेराेनामुक्त, देशभर २५२ जना सक्रिय संक्रमित

थप १७ जना काेराेनामुक्त, देशभर २५२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाभित्र नेपालमा कोरोनाबाट १७ जना निको भएका छन् । साेही अवधिमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टाभित्र काेराेनाका कारण कसैको मृत्‍यु भएको छैन ।

हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ३ हजार ५९० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : २३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु