global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

राम बाबु गुरुङको निर्देशनमा बनेको फिल्म श्रृंखला कबड्डीको ‘फाइनल म्याच’ भनिएको फिल्म ‘कबड्डी ४’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । फिल्ममा अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको अभिनय छ ।

सैलेन्द्र डि कार्कीले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मनिराम पोखरेल र ओम चन्द रौनियारको लगानीमा बनेको फिल्मलाई निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका छन् । ट्रेलरमा छन्त्याल (बुद्धि तामाङ) र बिके (विजय बराल) काजी (दयाहाङ राई)को बिहेका लागि संघर्षरत रहेकाे देखाइएको छ ।

ट्रेलर :

प्रकाशित समय : ००:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु