गृहपृष्ठ पत्रकार सम्मेलन गर्दै प्रचण्ड
पत्रकार सम्मेलन गर्दै प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलन गर्दै छन् । पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने बताइएकाे छ । प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ ।
प्रकाशित समय : १६:३० बजे


















