गृहपृष्ठ एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता वीरगञ्जमा सम्पन्न

एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता वीरगञ्जमा सम्पन्न

एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता वीरगञ्जमा सम्पन्न

एनआईसी एशिया क्यापिटल लिमिटेडले आदर्श नगर बीरगञ्जमा तेश्रो प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ दामोदर रायमाझी र प्रमुख सञ्चालन र लगानी अधिकृत मनिष घिमिरेले सहजीकरण गरेका थिए । उनीहरूले सहभागीहरूलाई डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । यसका साथै कार्यक्रममा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो ।

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकले उपलब्ध गराएको सेवा लिन सकिन्छ ? भन्ने विषयमा पनि कार्यक्रममा जानकारी गराइएकाे बैंकले जनाएकाे छ । बैंकका अनुसार नयाँ लगानीकर्तालाई सहज रुपमा पूँजबजारमा आबद्ध भई सुरक्षित रुपमा सेयर कारोबार गर्न सकुन् भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको हाे ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशमा समेत गर्ने जानकारी गराएकाे छ ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु