गृहपृष्ठ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा जाँदैछ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा जाँदैछ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा जाँदैछ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रयाट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, 'वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ । हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ । हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।'
'हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन । उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन् । र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्,' उनले भने । जबकि 'रूसी राष्ट्रपति भ्लादिमिरे पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन् ।' उनले थपे ।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन् । मंगलबार, द हिलले दुई स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ-बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई  सन् २०२४ मा पुनस् चुनाव लड्न लागेको कुरा बताएका थिए । बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली  सम्भावनाको संकेत दिएका छन् ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु