गृहपृष्ठ मञ्जुदेवीले अस्वीकार गरिन् एमालेले पोखरा महानगरमा दिएको उपमेयरको टिकट
मञ्जुदेवीले अस्वीकार गरिन् एमालेले पोखरा महानगरमा दिएको उपमेयरको टिकट
नेकपा एमालेले पोखरा महानगरपालिकाको उपमेयरमा उम्मेद्वार बनाएकी मञ्जुदेवी गुरुङले टिकट अस्वीकार गरेकी छन् । हाल पनि पोखरा महानगरको उपमेयर रहेकी गुरुङले पुनः सोही पदमा दोहोरिन अस्वीकार गरेकी हुन् ।
आफूले मेयर वा उपमेयर कुनै पनि पदमा आकांक्षा नदेखाएको गुरुङको भनाइ छ । उम्मेदवार हुन आकांक्षा नदेखाएको र नाम समेत नटिपाएको अवस्थामा आफूलाई पार्टीले उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको गुरुङले बताएकी छन् ।
सार्वजनिक रुपमा व्यक्त नगरे पनि गुरुङले मेयरमा नै आकांक्षा देखाएको उनीनिकट नेताहरु बताउँछन् । पार्टीले आफ्नो कामको मूल्यांकन गरेर जिम्मेवारी दिनुपर्ने, तर त्यसो नभएको भन्दै गुरुङले असन्तुष्टि जनाएकी हुन् ।
पोखरा महानगरमा एमालेले दीपक पौडेललाई मेयरको उम्मेद्वार बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई टिकट दिएको छ ।
प्रकाशित समय : १७:०९ बजे



















