गृहपृष्ठ वडाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि लमहीका वडाध्यक्षले दिए राजीनामा
वडाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि लमहीका वडाध्यक्षले दिए राजीनामा
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि दाङमा एक वडाअध्यक्षले राजिनामा दिएका छन् । लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले आगामी निर्वाचनमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन् ।
बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिन भन्दै उनले आज राजिनामा दिएका हुन् । उनले लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीसमक्ष लिखितरूपमा राजीनामा पत्र बुझाएका छन् । आउँदै गरेको स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिए मात्र उम्मेदवार बन्न पाउने प्रावधान रहेको छ ।
प्रकाशित समय : २१:२३ बजे



















