गृहपृष्ठ रौतहट एमाले : कटहरिया मेयरमा सियाराम कुश्वाहाको नाम सिफारिस
रौतहट एमाले : कटहरिया मेयरमा सियाराम कुश्वाहाको नाम सिफारिस
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले रौतहटले कटहरिया नगरपालिकाको मेयरमा सियाराम कुश्वाहाको नाम सिफारिस गरेको छ । एमाले कटहरिया नगर कमिटीका अध्यक्ष सोनफी महतोको अध्यक्षतामा बसेको नगर कमिटी बैठकले मेयरमा कुश्वाहा र उपमेयरमा कुन्ती देवी साहको नाम सिफारिस गरेको हो ।
नगरपालिका अन्तर्गत ९ वटा वडा मध्ये ६ वटाका अध्यक्ष पदका उम्मेदवार सिफारिस गरिएको छ । तिन वडामा भने उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको छ । वडा नम्बर २ बाट हरेन्द्र जयसवाल, ३ बाट श्यामाकान्त यादव, ४ बाट चन्दन कुश्वाहा, ६ बाट जयराम चौधरी, ७ बाट हरि भजन साह र ९ बाट रामाज्ञा यादवको नाम सिफरिस गरिएको छ ।
प्रकाशित समय : २१:२९ बजे



















