global ime bank Long Banner Ad

गृहपृष्ठ एससीटीको नयाँ लोगो सार्वजनिक, सेवामा सुधारको घोषणा

एससीटीको नयाँ लोगो सार्वजनिक, सेवामा सुधारको घोषणा

एससीटीको नयाँ लोगो सार्वजनिक, सेवामा सुधारको घोषणा

स्मार्ट च्वाइस टेक्नोलोजीज ९एससीटी०ले नयाँ लोगो सार्वजनिक गरेको छ । साथै, यसले आफ्ना सेवामा सुधारको घोषणा गरेको छ । नेपालबाट सञ्चालित एससिटी कम्पनीले ’क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

एससीटी नेपाललाई पहिलो पटक विल्कुलै नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथ प्रदर्शक हो । बिहीबार एससीटीले आफ्ना आयामलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवालाई एउटै छातामुनि एकीकृत गरेको छ । यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन)देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआइबीचको अन्तर सञ्चालन, अन्तर्राष्ट्रिय योजनाको गेटवे, क्यूआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधान सम्मका विविधतापूर्ण भुक्तानी सेवा प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा टेवा पुर्‍याएको छ।

'पोर्टफोलियोमा नयाँ सेवा थप गर्न पाउँदा उत्साहित छौँ । नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्‍याउनने कम्पनीको भिजनलाई नयाँ लोगोले संकेत गर्छ,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी नेटवर्कको रुपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो । एससीटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, पीएसपी पेमेन्ट सर्भिस प्रोभाइडर र अन्य वित्तीय संस्थालाई विभिन्न कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदैछ।

एससीटीले आफ्ना सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजना (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु