गृहपृष्ठ द ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धर पुन: विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्

द ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धर पुन: विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्

द ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धर पुन: विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्

द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन् । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन् ।

सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हाँसिल गरेकी थिइन् । यसपटक सन् २०२२ को मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा रिया कूल १०० मा ९१ अंक प्राप्त गरि विश्वकै सर्वोत्कृष्ट बनेकी हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका  विश्वका १७९ देशमा ४ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्य रहेका छन् ।  विश्वभरका हजारौं विद्यार्थीको लागि बनाइएको प्रश्नपत्रममा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् ।

‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ ।’ आफ्नो उपलब्धिबारे रियाले भनिन्, ‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन् र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकबाट राम्रो साथ र सहयोग पाएँ ।’

आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन् । कलेजमा अध्ययनरत रिया दोस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ । हाम्रा विद्यार्थीहरुले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरु हाँसिल गरिरहेका छन् । रियाले विश्वकै शीर्ष स्थान हासिल गर्नमा सफल रेजिका महर्जनलाई पछ्याएकी छिन् । उनीमाथि धैरै गर्व गर्छौं ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु