global ime bank Long Banner Ad

गृहपृष्ठ न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

लमजुङको मस्र्याङ्दी गाउँपालिका-६स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शनए न्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ ।

नेपाल विद्युत प्राविधिकरणद्वारा आजदेखि यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गर्ने भएको छ । सो परीक्षणपश्चात १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चा्त विविध पुनः जाँच प्राविधिकरण गर्ने र सबै ठीक भई बिजुली उत्पादन थालेको १५ दिनपछि मात्र व्यावसायिक रुपमा प्राधिकरणको अनुमतिपश्चात बिजुली उत्पादन अघि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेशनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले-मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा दुई महिनादेखि दैनिक ३० मेगावाट बिजुली खेर गइरहेको थियो । केही समयअघि मात्र सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनअन्तर्गत सोही पालिका-८ लाम्पाटामा रहेको उक्त वैकल्पिक रुपमा आयोजनाले १३२ केभीको चौथो टावरमा जोड्न निर्देशन दिएको थियो ।

२०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गर्दै निर्माण कार्य सम्पन्न गरेको यस आयोजनाले ६ अर्बको भन्दा बढी लागतमा आयोजना निर्माण गरेको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि आठ रुपैयाँ ४० मा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु