काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु

12.54K
shares

लमजुङको मस्र्याङ्दी गाउँपालिका-६स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शनए न्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ ।

नेपाल विद्युत प्राविधिकरणद्वारा आजदेखि यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गर्ने भएको छ । सो परीक्षणपश्चात १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चा्त विविध पुनः जाँच प्राविधिकरण गर्ने र सबै ठीक भई बिजुली उत्पादन थालेको १५ दिनपछि मात्र व्यावसायिक रुपमा प्राधिकरणको अनुमतिपश्चात बिजुली उत्पादन अघि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेशनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले-मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा दुई महिनादेखि दैनिक ३० मेगावाट बिजुली खेर गइरहेको थियो । केही समयअघि मात्र सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनअन्तर्गत सोही पालिका-८ लाम्पाटामा रहेको उक्त वैकल्पिक रुपमा आयोजनाले १३२ केभीको चौथो टावरमा जोड्न निर्देशन दिएको थियो ।

२०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गर्दै निर्माण कार्य सम्पन्न गरेको यस आयोजनाले ६ अर्बको भन्दा बढी लागतमा आयोजना निर्माण गरेको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि आठ रुपैयाँ ४० मा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।