global ime bank Long Banner Ad

गृहपृष्ठ एनडीएचले ल्यायो नेपालमै पहिलाेपटक बिरयानी मसला

एनडीएचले ल्यायो नेपालमै पहिलाेपटक बिरयानी मसला

एनडीएचले ल्यायो नेपालमै पहिलाेपटक बिरयानी मसला

बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका  बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ । बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न पाँच प्रकारका बिरयानी मसला पहिलो पटक नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो ।

एनडीएच ब्राण्डमा बिरयानी मसला, शाही बिरयानी मसला, बिरयानी मसला पुलाव, चिकेन बिरयानी मसला र मटन बिरयानी मसला बजारमा ल्याएको हो । पछिल्लो समय नेपालमा पनि बिरयानीका पारखीहरु बढेको सन्दर्भमा आयातीत महँगा र गुणस्तरहीन मसलालाई प्रतिस्थापन गर्न नेपाली अर्गानिक मसला उत्पादन गर्दै आएको कम्पनीले एनडीएच ब्राण्डमा बिरयानी मसला पनि उत्पादन र बजारीकरण सुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक कमल सिंहले जानकारी दिए ।

झण्डै ९५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुँदै आएका एनडीएच ब्राण्डका मसलाहरु  नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, अमेरिकाको एफडीए, भारतको जीएसवान, आइएसओ, एचएसीसीपी, हलाल लगायतबाट गुणस्तर प्रमाणित भएको कम्पनीले जनाएको छ । नेपालका साथै अमेरिका, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, दुबई, कतार लगायतका मुलुकहरुमा एनडीएचका मसला निर्यात भइरहेको छ । बढी बजार हिस्सा भएको अमेरिकाको आठवटा राज्यमा यो मसला उपलब्ध रहेको प्रवन्ध निर्देशक सिंहले बताए ।

बिरयानीको वास्तविक स्वाद नेपालका अधिकांश रेस्टुरेन्ट र होटलहरुमा नपाउने र उपयुक्त मसलाको पनि अभाव भएको गुनासो आउन थालेपछि कम्पनीले बिरयानीको फरक-फरक पाँच परिकारका लागि मसला उत्पादन सुरु गरेको हो । रेस्टुरेन्टमा बनाइने बिरयानीभन्दा आफ्नै घरमा बिरयानी बनाएर खानेहरुका लागि समेत स्वादिष्ट बिरयानी बनाउन कम्पनीले ल्याएको बिरयानी मसलाले पूरा गर्ने कम्पनीको अपेक्षा रहेको छ । शतप्रतिशत अर्गानिक र जडिबुटीजन्य उत्पादन भएकाले स्वदेशका साथै विदेशमा पनि मन पराइएको प्रवन्ध निर्देशक सिंहकाे भनाइ छ ।

दक्षिण भारतीय एवं मध्यपूर्वमा विकास भएको खाद्य परिकार बिरयानी अहिले काठमाडौंलगायत नेपालका विभिन्न सहरी भेगमा पनि उपलब्ध हुन थालेको छ । विश्वका विभिन्न ठाउँमा उत्पत्ति भएको बिरयानीको आफ्नै महत्व छ । दक्षिण भारतमा हैदराबादी बिरयानी, इराकी बिरयानी, दक्षिण भारतीय चिकेन बिरयानी लगायतका नामबाट विकास भएको छ । यसबाहेक पनि चिकेन दम बिरयानी, इरानी बिरयान र बर्मेली बिरयानी मुख्यतया विश्वमा विभिन्न ठाउँमा विकास भएका बिरयानीका परिकार हुन् ।

कम्पनीले ५० ग्राम तौलमा आकर्षक प्याकिङ गरिएको बिरयानी मसलाको मूल्य ५५ रुपैयाँ राखेको छ । काठमाडौंको बुढानिलकण्ठमा रहेको उद्योगबाट उत्पादन गरिएका एनडीएच ब्राण्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण हुँदै आएको छ । कम्पनीले अहिले ५५ थरीका मसला बजारमा उपलब्ध गराइरहेको छ । करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीले शुद्ध नेपाली ब्राण्डमा २०७३ सालदेखि निरन्तर मसला उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित समय : २३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु